९ मंसिर २०८१, आईतवार
एजेन्सी । फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मार्सेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउनको लागि नेयमार र केलियन एमबाप्पेले गोल गरे । मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए ।
खेलेको १२औं मिनेटमा नेयमारको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई २-१ ले अघि बढाए ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पीएसजीले जित्यो । यो जितले पीएसजीले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिग वानको ६ खेल बाँकी रहँदा पिएसजीले १५ अंकको स्पष्ट अग्रता बनाइसकेको छ ।
पिएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । समन खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ । अब पिएसजीले एन्जर्सविरुद्ध जित निकाल्न सके बाँकी छँदै लिग वानको च्याम्पियन बन्नेछ ।