३१ बैशाख २०८३, बिहीबार
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज सोमबार समन्न भएको छ । आज अन्तिम दिन सोमबार तालाकस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ ९हात नभएको लिङ्गो० ढालेर यो जात्रा सम्पन्न भएको ह । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो सोमबार विधिपूर्वक पूजा गरी ढालिएको हो ।
यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने प्रचलन रहेको जानइएको छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखेको पाइन्छ ।


सो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल हुनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुनेछ।