९ मंसिर २०८१, आईतवार
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा ४१ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक ४१ अंक ओरालो लागेर बन्द भएको हो । यससँगै सेयर बजार परिसूचक २३ सय ४३ अंकमा आइपुगेको छ ।
यस्र्तै,आज नेप्सेमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरका ३८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूह ३४२ अंकले घटेको छ भने जीवन बीमा समूहमा २६३ अंकको गिरावट आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा ९३ अंकको गिरावट आउँदा जलविद्युत समूह ८० अंकले र विकास बैंक समूह ६९ अंकले घटेको छ । यसका साथै, वित्त समूहमा ६२ अंक र अन्य समूहमा ५२ अंकको गिरावट आएको छ ।
बजार ४१ अंकले घट्दा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य आज एकै दिन प्रतिकित्ता २४८ रुपैयाँले बढ्दै २७ सय ३७ रुपैयाँ पुगेको छ ।