डब्लूएचओका महानिर्देशक काठमाडौं आइपुगे

होमल्याण्ड खबर

२०७९ बैशाख ८ गते, बिहीबार १३:५७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस काठमाडौं आइपुगेका छन्।

उनी तीनदिने भ्रमणका लागि बिहीबार मध्याह्न नेपाल आएका हुन्। उनले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग भेटवार्ता गर्ने क्रार्यक्रम रहेको छ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महानिर्देशक गेब्रेयसका साथ डब्लूएचओका दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका निर्देशक डा। पुनम खेत्रपाल र डब्लूएचओका अन्य पधाधिकारी पनि नेपाल आएका छन्।