सामसङको ३ नयाँ स्मार्टफोन बजारमा

होमल्याण्ड खबर

२०७९ बैशाख ११ गते, आईतवार १३:५४ मा प्रकाशित

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरेको हो। सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएको हो ।

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन लन्च गरेका हुन् ।

ग्यालेक्सी ए७३को मूल्य ७२,९९९ रुपैयाँ तोकिएको छ भने यो खैरो, पुदिना र श्वेत कलरमा उपलब्ध छ । यस्तै ग्यालेक्सी ए५३ को मूल्य ५५,९९९ रुपैयाँमा छ भने यो कालो, नीलो र आरु कलरमा उपलब्ध रहेको छ । यसैगरी ग्यालेकसी ए३३ को मूल्य ४६,९९९ रुपैयाँ रहेको छ भने यो पनि कालो, नीलो र आरु कलरमा उपलब्ध रहेको छ ।

कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा पावर्ड गरिएको जानकारी दिँदै यसको पहिचान ओआइएसयुक्त एआइ क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपि ६७ रेटिङ्ग र धेरै समय चल्ने ब्याट्री जडित भएको बताए ।

यस्तै, नयाँ ग्यालेक्सी ए सिरिजमा ५जि कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छिटो डिजाइन र उन्नत सम्पर्क अनुभवहरु पनि रहेका छन् ।

यी उत्पादनहरु खरीद गर्न सहज होस् भन्नको लागि सामसङ्गले मासिक किस्ता इएमआइको सुविधा पनि ल्याएको छ । यस्तै चुनिएका स्टोरहरुबाट एक्सेञ्ज सुविधाहरु प्नि प्रदान गरेको जनाइएको छ ।