८ मंसिर २०८१, शनिबार
धेरै जना भएको ठाउँका लागि उपयोगी डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला क्यान इन्फोटेक’मा शनिबार यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।
कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्राउन आफूहरु पहिलो हुने गरेको अनुभव सुनए ।
आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै आज लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरुले लन्च गरेको बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविश्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उदाहरण दिए ।