प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १०:३४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले मध्यान्ह १२ बजे पत्रकार सम्मेलनमा गर्न लागेको जानकारी दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने बुझिएको छ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए।