नेप्सेमा ३५ अंकको गिरावट

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १६:३४ मा प्रकाशित

अघिल्लो दिन ९५ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३५ अंकको गिरावट आएको छ ।

आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा झरेको हो । झन्डै ३५ अंकले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ ।

नेप्सेका अनुसार २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ९५ अंकले बढेको बजारमा २ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये आज होटल र पर्यटन र म्युचुअल फन्ड बाहेका अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूह ०।१३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड ०.८२ प्रतिशतले । अघिल्लो दिन ७ प्रतिशत माथिले वृद्धि भएको हाइड्रोपावर समूह आज १.८७ प्रतिशतले घट्न पुगेको छ।