१ चैत्र २०८२, आईतवार
गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ ।’


उनले महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी छिन् । त्यस्तै, बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने उनले दाबी गरिन् ।