१ चैत्र २०८२, आईतवार
इच्छाकामना गाउँपालिका वडा नं। १ बाट दलित महिलातर्फकी वडा सदस्यका उमेदवार दुर्गा सार्की प्रजा निर्विरोध निर्वाचित भएकी छन्। निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार एमालेको तर्फबाट दुर्गा उमेदवार थिइन्।
इच्छाकामनामा गठबन्धनको तर्फबाट कांग्रेसकी गीताकुमारी गुरूङ प्रमुख र माओवादी केन्द्रका प्रताप गुरूङ उपाध्यक्ष पदमा उमेदवार छन्।


एमालेले भने प्रमुखमा दानबहादुर गुरूङ र उपप्रमुखमा माया सिलवाललाई उमेदवार बनाएको छ। आफ्नो उमेदवार निर्विरोध हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए।