३१ बैशाख २०८३, बिहीबार
सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो ।
उद्योग मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार, विलासी उपभोग्य वस्तु असार मसान्तसम्मका लागि भित्र्याउन प्रतिबन्ध लगाइएको हो ।


यस्ता छन् आयातमा रोक लगाइएका वस्तुको सूची:
१। कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२। सबै प्रकारका तयारी मदिरा
३। चुरोट तथा सुर्तीजन्य बस्तु ९कच्चा पदार्थ ल्याउन भने छुट०
४। हिरा औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ
५। मोबाइल सेट
६। रंगीन टेलिभिजन ९३२ इन्चभन्दा माथिका०
७। जिप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने
८। २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९। सबै प्रकारका खेलौनाहरु
१०। खेल्ने तास
तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने जनाइएको छ ।