नबिकेपछि सित्तैमा सिमेन्ट

होमल्याण्ड खबर

२०७५ भाद्र ८ गते, शुक्रबार १६:५४ मा प्रकाशित

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही सुन्ने गरिन्छ । यस्तै घटना दोहोरिएको छ नेपाली सिमेन्ट बजारमा । युनाइटेड सिमेन्टले हरेक १५ बोरा सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउने योजना ल्याएको छ ।
यसअघि पनि आफ्ना ग्राहकलाई प्रोत्साहन गर्ने नाममा यो सिमेन्टले यही योजना ल्याएको थियो । केएल दुगड ग्रुपद्वारा उत्पादित सिमेन्ट लामो समयसम्म पनि लोकप्रिय बन्न नसक्दा यस्तो योजना ल्याउनु परेको बुझिएको छ । ललितपुरको लेलेस्थित चुनढुंगा खानीका कारण स्थानीय बस्ती जोखिममा परेको तथा धादिङको नौबिसेमा फ्याक्ट्री रहेको युनाइटेड सिमेन्टका कारण वातावरणीय प्रदुषण बढेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । यसबारेमा बजार प्रतिनिधि सुवास खतिवडासँग पटक पटक सम्पर्कको प्रयास गर्दा उनी बोल्न चाहेनन् ।