३१ बैशाख २०८३, बिहीबार
तिमी त एक सितल चौतारी हौ।
तिमीमा सितलताको भण्डार छ॥
तिमी त एक मायाकी खानी हौ॥
तिमीमा मायाको भण्डार छ॥
बोलीमा सधै मिठास।
ओठमा मन्द मुस्कान छ॥
तिमी त सबको साहारा हौ।
तिमीमा मायाको भण्डार छ॥


सबैलाई आफ्नो पनको आभस दिने।
त्यो शक्तिको तिमीमा भण्डार छ॥
तिमी एक सितल चौतारी हौ।
तिमीमा सितलताको भण्डार॥
तिमीले सम्भव परेर छोड्यौ।
सफलताको तिमीमा भण्डार छ।।
तिमी त सबको साहारा हौ।
तिमीमा मायाको भण्डार छ॥
तिमीलाई जन्म दिने ति आमालाई।
ह्दयदेखी आदर सम्मान छ॥
धर्ती देखाउने ति बाबालाई नि।
ह्दय देखी सम्मान छ॥