कञ्चनपुरको भीमदत्तनगरमा आज १० बजेपछि पुनः कर्फ्यू

होमल्याण्ड खबर

२०७५ भाद्र १० गते, आईतवार १३:३२ मा प्रकाशित

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार  पुनः कर्फ्यू लगाइएको छ ।  भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आइतबार बिहान १० बजेपछि पुनः कर्फ्यू लगाइएको हो ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।