सोमबार नेप्से परिसूचक ४८.७३ अङ्कले घट्यो

होमल्याण्ड खबर

२०७९ बैशाख १९ गते, सोमबार १६:१९ मा प्रकाशित

नेपाली सेयर बजार सोमबार  घटेको छ । सोमबार नेप्से परिसूचक ४८.७३ अङ्कले घटेर २ हजार ३०७.४४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४२ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ९५ रुपैयाँ ७० पैसा कायम भएको छ । त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र शिभम्को सिमेन्टको कारोबार भएको छ ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अधिक कमाएका छन् भने नेपाल फाइनान्स र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।