आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारले मान्न जरुरी छैन : अध्यक्ष पोखरेल

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १५:५७ मा प्रकाशित

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको बताएका हुन् ।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरु बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरुले मान्न जरुरी नरहेको बताए । उनले पत्रकारहरुको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पारे ।