कोरोना अपडेट : ३२ जनामा संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १७:०९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् । त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।