डिआइजी पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

होमल्याण्ड खबर

२०७९ बैशाख २२ गते, बिहीबार १०:२४ मा प्रकाशित

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक डिआइजी नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो ।