सेयर बजारमा ३७ अंकको गिरावट

होमल्याण्ड खबर

२०७९ बैशाख २२ गते, बिहीबार १६:२९ मा प्रकाशित

एक सातादेखि निरन्तर गिरावट आएको सेयर बजार आज पनि ओरालो लागेको छ । बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ विन्दमा झरेको छ ।

बिहीबार २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको भएको छ ।