थपिए १७ कोरोना संक्रमित

होमल्याण्ड खबर

२०७९ बैशाख २२ गते, बिहीबार १६:४४ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८११ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म ९ लाख ६६ हजार ७३० जना निको भएको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर ९२ हजार ८८ जनाले खोप लगाएका छन् भने सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।