२ चैत्र २०८२, सोमबार
सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।


एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्रसिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।