सिर्जना सिहंले जित्नेमा विश्वस्त छु : चित्रबहादुर केसी

होमल्याण्ड खबर

२०७९ बैशाख २३ गते, शुक्रबार १६:५५ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश चुनावमय भएको बताएका छन् ।

सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केसीले चुनाव नहुने संशय हुँदाहुँदै पनि गठबन्धन र आयोग कस्सिएकै कारण समयमै चुनाव हुन लागेको बताए ।

उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। नेता केसीले मेयरमा सिर्जना सिंहले विजयी प्राप्त गरेर काठमाडौं महानगरलाई सुशासन कायम गर्ने विश्वास व्यक्त गरे।