भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

होमल्याण्ड खबर

२०७९ बैशाख २७ गते, मंगलवार १०:२८ मा प्रकाशित

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । घटनाको पूरा विवरण खुल्न बाँकी छ । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।