देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

होमल्याण्ड खबर

२०७९ बैशाख २७ गते, मंगलवार १२:१४ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ ।