पछिल्लो २४ घण्टामा १,९१३ जना कोरोना संक्रमित पुष्टि, ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ जेष्ठ १ गते, आईतवार १०:५९ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ ।

महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५।२४ लाख जनाको मृत्यु भइसकेको छ । भारतमा हाल निको हुने दर ९८।७४ प्रतिशत रहेको छ । ९एजेन्सी०