२ चैत्र २०८२, सोमबार
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले पुन: अग्रता लिएकी छन्।
यसअघि एमाले उम्मेदवार विजय सुवेदीसँग १० मतले पछाडि परेकी रेणु पछिल्लो परिणामअनुसार ३ मतले अग्रता लिएकी छन्।


८ हजार ८५ मत गणना गर्दा रेणुले २ हजार ९१८ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले २ हजार ९१५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार १९६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत प्राप्त गरेकी छन्।
वडाध्यक्षमा कांग्रेसका मनोज रानाभाटले २ हजार १०५ मत प्राप्त गरेका छन्। एमालेका कृष्ण केसीले २ हजार ५८ मत प्राप्त गरेका छन्।