दार्चुलामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ जेष्ठ २ गते, सोमबार ११:२४ मा प्रकाशित

दार्चुलामा सोमबार सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन।

नेकपा एमालेको विजय जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जाने क्रममा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। हायसमा तीन जना मात्रै सवार थिए।