११ मंसिर २०८१, मंगलवार
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको घटनामा पक्राउ परेका बम दिदीबहिनीलार्इ अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । गत शनिबार पक्राउ परेका अनिता र रोशनीमाथि थप अनुसन्धान गर्न कञ्चनपुर अदालतले म्याद थप गरेको हो ।
कञ्चनपुर जिल्ला अदालत प्रशासन स्रोतका अनुसार यसअघि निर्मला हत्याकाण्डमा पक्राउ परेर म्याद थप भएका दिलिप सिंह बिष्ट र बम दिदीबहिनीलाई सँगै अदालतमा बयान लिन म्याद थपिएकाे बताएकाे छ । दिलिप विष्टलाई प्रहरीले भदौ ४ सार्वजनिक गरेको थियो ।
विष्टमाथि थप अनुसन्धान गर्न तत्त्कालीन प्रहरीले १० दिनको म्याद थप गरेको थियो, भने शनिबार पक्राउ परेका उनीलाई भदौ ८ देखि लागू हुने गरी ६ दिन म्याद थप गरिएको हो । अब कञ्चनपुर प्रहरीले बिष्टसहित उनीहरुलाई १४ भदौमा अदालतमा उपस्थित गराउने भएकाे छ ।