२ चैत्र २०८२, सोमबार
पाँचखाल–१३, कोशीदेखामा पुनः भोली निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा श्रीराम मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्यक्रम स्थगित गर्ने निर्णय भएको थियो ।
छलफलपछि पुनः भोली मंगलबार मतदान सुचारु गर्ने निर्णय भएको स्थानीय मतदाताले जानकारी दिए ।


२ वटा मतदान केन्द्र रहेको विद्यालमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।
मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।