२ चैत्र २०८२, सोमबार
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । पछिल्लोपटक वडा नम्बर ५ को मतगणना सुरु भएको छ र याहाँ पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । सो वडामा बालेनले ३ सय ३१ भोट ल्याउँदा एमालेका केशव स्थापितले २ सय ४६ र कांग्रेसकी सिर्जना सिंहले १ सय ७१ भोट ल्याउँदै बालेनलाई पछ्याइरहेका छन् । काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनीलगायतका स्थानहरु पर्छन् ।
अहिलेसम्म काठमाडौंको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने हाल ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ । सबैमा बालेन अगाडि छन् । समग्रमा बालेनले ६ हजार ६९२, स्थापितले ३ हजार ५६२ र सिंहले ३ हजार १२६ भोट ल्याएका छन् ।

