२ चैत्र २०८२, सोमबार
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो प्रतिस्पर्धीको भन्दा दोब्बर बढि मतले अग्रता बढाउँदै लगेका छन् । ७ हजार ७ सय २६ मत गणना हुँदा महर्जनले ४ हजार ४ सय ७३ मत पाएका छन् ।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ हजार ६ सय २१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४ सय २० मत पाएका छन् ।


यस्तै, उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २ हजार ५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १ हजार ४ सय ६४ मत पाएका छन् ।