ललितपुर महानगरमा चिरिबाबुको अग्रता थप फराकिलो

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार १०:२० मा प्रकाशित

ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ३२६ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।