भरतपुरमा रेणु ५९ मतले अगाडि

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार ११:२० मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९ सय ४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८ सय ८८ मतका साथ रेणुलाई पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९ सय ५ मत पाएका छन् ।

भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन्।

उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८ सय २२ मतसहित पछ्याइरहेका छन् ।