२ चैत्र २०८२, सोमबार
सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएका छन् । ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे । १ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
निर्वाचन अधिकृको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

