भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार १४:३३ मा प्रकाशित

 चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् ।

१८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।  साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । 

यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् । भरतपुर–५ मा एक हजार ६१७ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले ६९९ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले ७१७ मत ल्याएर प्रतिस्पर्धामा छन् ।