बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी, उपमेयरमा लामा विजयी

होमल्याण्ड खबर

२०७९ जेष्ठ ४ गते, बुधबार १५:३२ मा प्रकाशित

 बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका छन् । उनले १४ हजार २ सय ५० मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी भइन् । उनले १४ हजार ३ सय १४ मत प्राप्त गरिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।