२ चैत्र २०८२, सोमबार
सूर्यविनायक नगरपालिकाको वडा नं। ८ सिपाडोल को वडाअध्यक्षमा एमालेबाट युवानेता पुष्पराज बस्नेतको शानदार विजय भएको छ । बस्नेतले २ हजार १२२ मत ल्याउँदै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गरेका थिए ।
एमालेबाट दलित महिला तर्फबाट अन्जना नेपाली, महिलातर्फ सावित्री मिश्र, खुल्लातर्फ विश्वराम त्वानाबासु र विक्रम तामाङ विजयी भएका छन् ।


राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष समेत रहेका पुष्पराज बस्नेत युवा व्यवसायी समेत हुन्।