ओलीको गृहनगरमा एमाले पराजित

होमल्याण्ड खबर

२०७९ जेष्ठ ६ गते, शुक्रबार ११:२८ मा प्रकाशित

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले पराजित भएको छ । प्रमुखमा एमालेलाई पछाडि पार्दै राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका हुन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले बताए ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकीछन्। उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।