९ मंसिर २०८१, आईतवार
फिफा विश्वकप फुटबलमा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएकी छिन् । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल संचालन गर्ने भएको हो ।
फिफाले कतार विश्वकपका लागि ३ जना महिला रेफ्रीलाई समेत छनोट गरेको छ । उनीहरुलाई महिला सहायक रेफ्रीले सहयोग गर्ने बताईएको छ ।
फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ । जसमा तीन महिला रेफ्री रहेका छन् ।
विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् ।
पुरुष विश्वकप फुटबलको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल संचालन गर्ने भएको हो । कतार विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुनेछ ।