२ चैत्र २०८२, सोमबार
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् । ५८ हजार १३४ मत गणना हुँदा रेणुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उनलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसको चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाको हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।

