पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७९ जेष्ठ ६ गते, शुक्रबार १७:१३ मा प्रकाशित

 पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८७४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

२ हजार ३०० जनाको आरटी पीसीआर परीक्षण गर्दा ११ जना र ५ सय ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २६० पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९५० पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ४९ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।