३१ बैशाख २०८३, बिहीबार
सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन्।
कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयंभूबाट पक्राउ गरेको हो।


८ वर्षअघि सौन्दर्य प्रतियोगिता गरी उनले होटलमा बोलाएर बलात्कार गरेको एक युवतीले आरोप लगाएकी छन्। हालै उनले विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै पाण्डेमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। आफूमाथि ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ।
यो विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसपछि नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रवेश गराएका थिए। यसपछि सभामुख अग्नि सापकोटाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका थिए।