स्थानीय तह निर्वाचन : ८ उपमहानरको नतिजा सार्वजनिक

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १०:५६ मा प्रकाशित

देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक–एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ । कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे विजयी भएका थिए ।

एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र कलैया मेयरमा विनोद प्रसाद साह निर्वाचित भएका छन् । माओवादीबाट राजन पौडेलले जीतपुरसिमरामा र हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमार लामा मेयरमा विजयी भए ।

त्यसैगरी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । नतिजा आउँन बाँकी तीन उपमहानगरमध्ये धरान र जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता छ भने तुल्सीपुरमा एमालेको अग्रता देखिएको छ ।