२ चैत्र २०८२, सोमबार
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ।
हालसम्म ९२ हजार १२८ मतगणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार रेनु सात हजार ८५४ मतले अगाडि छन्। रेनुले ३६ हजार २७२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले २८ हजार ४१८ मत पाएका छन्।


यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका प्राप्त गरेका छन्।