सिराहामा बाबुछोराको विभत्स हत्या

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १५:२८ मा प्रकाशित

सिराहामा बाबुछोराको विभत्स हत्या भएको छ । सिराहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ । सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो ।

महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए । सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरको छ ।

घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए। दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।