काठमाडौंको टेकुमा आगलागी

होमल्याण्ड खबर

२०७९ जेष्ठ ९ गते, सोमबार १६:५१ मा प्रकाशित

काठमाडौंको टेकुमा आगलागी भएको छ । विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ । आगलागी लगत्तै निभाउने प्रयास भइरहेको छ । आगो घरभित्र बढी फैलिएको छ ।