सेन्ट लरेन्स कलेजमा शिक्षकले विद्यार्थी बलात्कार गरेकाे भन्दै विद्यार्थी आन्दाेलनमा

होमल्याण्ड खबर

२०७९ जेष्ठ १० गते, मंगलवार ०९:३३ मा प्रकाशित

सेन्ट लरेन्स कलेज, चाबहिलमा शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेकाे भन्दै विद्यार्थीहरू आन्दाेलन उत्रिएका छन् । साेही कलेजकी एक छात्रालाई साेही क्याम्पसमा पडाउने शिक्षकले बलात्कार गरेकाे भन्दै ती शिक्षकलाई कारवाहीकाे माग गर्दै विद्यार्थी आन्दाेलनमा उत्रिएका हुन् ।

उनीहरूले अहिले पठनपाठन अवरुद्घ गरेर क्याम्पस परिसरमा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला काठमाडौंकमे केन्द्रमै रहेकाे क्याम्पसकी छात्रा बलात्कृृत भएकाे घटनाले विद्यार्थीहरू आक्राेसित बनेका छन् । उनीहरूले  बलात्कारीलाई  तत्काल नियन्त्रणमा लिएर कडा कारवाहीकाे माग गरेका छन् ।

केही दिन अघि ७ वर्षअघि प्रिन्सिपलले बलात्कार गरेकाे भन्दै पीडीत  छात्राले न्यायकाे माग गरेकी थिइन् ।