माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

होमल्याण्ड खबर

२०७९ जेष्ठ १० गते, मंगलवार १५:२४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछिको अवस्था र बजेट अधिवेशन पनि भएकाले छलफलका लागि बैठक बोलाइएको हो। नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जानकारी दिए ।

आज सरकारले नीति तथा कार्यक्रम पेश गर्दैछ । सरकारले जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने नीति तथा कार्यक्रम बुधबार साँझ ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अहिले बैठक जारी छ ।