सीपी गजुरेलको मोर्चाले जेठ १८ गतेदेखि आन्दोलन गर्ने

होमल्याण्ड खबर

२०७९ जेष्ठ ११ गते, बुधबार १७:११ मा प्रकाशित

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आगामी जेठ १८ गतेदेखि आन्दोलन गर्ने भएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि र एमसीसीविरुद्ध मोर्चाले विरोध प्रदर्शन गर्ने भएको हो ।

मोर्चाले आज गरेको पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले जेठ १८ गते हुने प्रदर्शनमा सबै देशभक्त नागरिकलाई सहभागी हुन आग्रह समेत गरे । उनले एमसीसी संसदबाट अनुमोदन भएपछि अमेरिकीहरुको नेपालमा ओहोरदोहोर बढेको र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न खोजिएको आरोप लगाउए । उनले एमसीसी र मुल्यवृद्धिविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै जनगणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा उनले जनभावना विपरित एमसीसी लागू गर्न खोजेको भन्दै एमसीसी विरुद्ध देशभक्त नागरिक एक भएर प्रतिकार गनुपर्ने समेत बताएका छन् ।