३१ बैशाख २०८३, बिहीबार
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो ।
इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले बताए ।


उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ । साथै, थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।